newskoseli.Com

‘आगामी दशक समाजवादी क्रान्तिको’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी दशक समाजवादी क्रान्तिको दशक हुने बताएका छन् । माओवादी केन्द्र प्रदेश नं ३ ले बिहीबार राजधानीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले त्यसले नेपाली जनतालाई सम्पन्न र सबल बनाउने विश्वास व्यक्त गरे ।

उनले विगतमा भएका कमजोरी मुख्य नेतृत्वको हिसाबले आफूले जिम्मा लिँदै नेतृत्वबाट सच्चाउँदै अगाडि बढ्ने प्रण गरे । माओवादी एकता नेपाली क्रान्तिलाई पूर्णता दिँदै विश्वक्रान्तिलाई सेवा गर्ने उद्देश्यका साथ भएको उनले दावी गरे । पार्टी एकताले जनता, सहिद परिवार, बेपत्ता परिवार, घाइते योद्धाहरु उत्साहित र विश्वभरिका क्रान्तिकारी खुसी भएको उनले बताए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापाले क्रान्तिकारीले फुट्न मात्रै होइन जुट्न पनि जानेका छन् भन्ने कुरा माओवादी एकताले पुष्टि गरेको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर