newskoseli.Com

कक्षा ११ मा भर्ना कहिले हुन्छ सुरु ?

कोरोनाभाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर, भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका छन् ।

विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले नै सरकारले सङ्क्रमणबीच नतिजा सार्वजनिक गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले जानकारी दिए ।

उनले भने– ‘भर्नाको निधो भने भदौ १५ पछि मात्र हुुने छ ।’ भदौ १५ सम्म शैक्षिक संस्थामा भर्नालगायतका प्रक्रियामा सरकारले रोक लगाएको खबर बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर