newskoseli.Com

कक्षा ११ मा नयाँ व्यवस्था : ‘फ्याकल्टी’ छुट्याउनै नपाइने !

अब विद्यालयले कक्षा– ११ मा विद्यार्थी भर्ना गराउँदा सङ्काय (फ्याकल्टी’ का आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकदेखि भर्ना लिन नपाइने भएको हो ।

यस पटकदेखि विद्यालयले विगतजस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए । अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी उनले दिए ।

यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर सङ्कायका आधारमा त्यसलाई मान्यता दिइँदैन । यस पटक कक्षा– ११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक–एक विषय ऐच्छिक गरी छवटा विषय अध्यापन गराइन्छ । विद्यार्थीले चाहेमा सातौं विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ ।

कक्षा– ११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा– ९ र १० को जस्तै गरी लिइने भएको हो । एकलपथीय प्रणालीमा सङ्काय छुट्याएर अब भर्ना हुँदैन र पठनपाठन पनि हुँदैन । साथै, विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि सङ्कायका आधारमा नदिइने भएको छ । कक्षागत उत्तीर्ण भनेर मात्र प्रमाणपत्र दिइन्छ ।

विद्यालय तहमा गएपछि अब कक्षा १२ को भर्ना पनि यसैगरी हुनेछ । यसअघि उच्च माध्यमिक शिक्षा परिषदको मातहतमा कक्षा– ११ र १२ मा विद्यार्थी भर्ना तथा प्रमाणपत्र जारी गर्दा सङ्कायका आधारमा गर्ने गरिएको तर अब भने बदलिएको खबर शेषकान्त पण्डितको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर