newskoseli.Com

काठमाडौंमा १६६ सहित थप ८१८ मा कोरोना : १४९ को मृत्यु, ३१९३५ संक्रमित, १८६३१ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३१,९३५ पुगेको छ । यीमध्ये १४९ जनाको मृत्यु भैसकेको छ, १८,६३१ जना आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गैसकेका छन् र १३,१५५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारकोन नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी राजधानी उपत्यकामा १६६ जनासहित देशभर ८१८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यतिबेला कायम सक्रिय संक्रमितमध्ये ९,२१२ जना संस्थागत आइसोलेसनमा र ३,९४३ जना होम आइसोलेसनमा रहेको प्रवक्ता गौतमले जनाएका छन् ।

पछिल्लो २४ घन्टामा झापा, पर्सा र सर्लाहीका १(१ जना गरी थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/331258671251635/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर