newskoseli.Com

दसैंअघि नै कक्षा १२ को परीक्षा !

कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीका निम्ति उच्च शिक्षा अध्ययन गर्ने बाटो छिटै नै खुला हुने भएको छ । कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी राष्ट्रिय परीक्षा बोर्डले प्रक्रिया अगाडि बढाउने भएपछि उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीको बाटो खुल्ने भएको हो ।

विद्यार्थीको शैक्षिक शत्र खेर नजाने गरी स्थगित परीक्षा छिटै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दसैंअघि नै हुने
बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दसैंअघि नै परीक्षा लिने तयारीमा परिषदका अधिकारीहरू जुटेका छन् ।

के छन् नयाँ विकल्प ?

विद्यार्थीको शैक्षिक शत्र सदुपयोग गर्ने गरी कुनै विधि अपनाएर परीक्षा सञ्चालन गरिनुपर्ने विषयमा बोर्डले छलफल चलाइरहेको छ । कक्षा १२ को परीक्षाले विद्यालय तहको शैक्षिक तह नै पूरा गर्ने र यसले अन्तर्राष्ट्रिय मान्यता समेत पाउनुपर्ने भएकाले परीक्षा नै लिएर बाहेक अन्य विधिबाट काम गर्न सकिने अवस्था नरहेको परीक्षा नियन्त्रक शर्माले बताए ।

यस क्रममा ५० अङ्कको लिखित तथा ५० को अन्य विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न सकिने, विद्यार्थी सङ्ख्या कम भएका ठाउँमा सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन र अनलाइन विधिबाट भए पनि परीक्षा लिन सकिनेलगायतका विकल्प खुला गर्ने सम्भावना रहेको खबर शेषकान्त पण्डितको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर