newskoseli.Com

मानसिक स्वास्थ्यबारे प्रधानमन्त्रीको परामर्श

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ का कारण उत्पन्न मनोसामाजिक (मानसिक स्वास्थ्य) समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित मनोचिकित्सकसँगको परामर्श र छलफलका क्रममा निराशा, दिक्दारी, भय र त्रासमुक्त समाज निर्माण गर्न समेत मनोचिकित्सकको विशेष योगदान हुने उनले बताए ।

‘कोभिड– १९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्नु तथा टेलिभिजन र रेडियोलगायतका सञ्चार माध्यमबाट तत्काल परामर्श दिनु र चेतना फैलाउनु आवश्यक छ,’ प्रधानमन्त्रीले भने– ‘यसमा मनोचिकित्सकले सक्रिय योगदान गर्नुपर्छ ।’

प्रधानमन्धीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो छलफलमा प्रा.डा. सुदर्शननरसिंह प्रधान, डा. पशुपति महत, प्रा.डा. सरोजप्रसाद ओझा, प्रा.डा. दिव्यासिंह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा. रोशन पोखरेललगायतका विज्ञले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपाय प्रस्तुत गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर