newskoseli.Com

‘सोवा रिग्पा’ ले बाँड्यो भाइरस प्रतिरोधी सामग्री : निःशुल्क शिविरबाट ८ हजार लाभान्वित

देशभर कोरोनाभाइरसको महामारी बढिरहेका बेला ‘सोवा रिग्पा एशोसियसन नेपाल’ ले भाइरससँग लड्ने रोग प्रतिरोधी जडीबुटीजन्य सामग्री र औषधिसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका– २ मा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ८ हजारभन्दा बढी नागरिकले सेवा लिएको त्यहाँस्थित न्युजकोसेली समाचारदाताले जनाएका छन् । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा अघि बढेको निःशुल्क शिविर मन्त्री पोखरेलले औषधि वितरण गरेर सुरू भएको थियो ।

मान्यता प्राप्त विभिन्न चिकित्सकहरुको सहभागितामा सञ्चालित उक्त शिविर वडा नं. ४ का का पनि विभिन्न ८ स्थानमा सञ्चालन गरियो । वडा नं. ४ अन्तर्गत बयुलपदम छोइखालिङ गुम्बा, श्री राष्ट्रिय आधारभुत निम्न माध्यमिक विद्यालय, जनआस्था आधारभूत विद्यालय भक्तिपुर, रजवासे टोल वडा कार्यालय नजिक, हवल्दार टोल दुर्गा मन्दिर, एकचई टोल, राष्ट्रिय माध्यमिक विद्यालय कामीडाँडा, माइस्थान पब्लिक एकेडेमी चारघरेमा शिविर सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ ।

शिविरबाट ३ हजार १ सय पुरुष, २ हजार ८ सय २ महिला, १ हजार ७ सय बालबालिका, १ सय ५० सुरक्षाकर्मी (प्रहरी) र ३ सय दीर्घरोगीहरु गरी ८ हजार ५२ जना लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर