newskoseli.Com

यस्तो पो रहेछ ओली–प्रचण्डको ‘गोप्य’ प्रस्ताव ! (पूर्णपाठसहित)

सत्ताधारी नेकपाका अध्यक्षद्वयले पार्टीभित्रको आन्तरिक किचलोलाई मैजारो गर्दै स्थायी कमिटीको बैठकमा लैजाने साझा प्रस्ताव तयार पारेका छन् । पार्टीको समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदन र त्यसमाथि सचिवालय सदस्यले राखेको सुझावलाई दुई अध्यक्ष खड्ग ओली र पुष्पकमल दाहालले प्रस्तावमा समेटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार तीन घन्टा छलफल गरी ओली र दाहालले साझा प्रस्तावलाई अन्तिम रूप दिएका हुन् । १५ पृष्ठको सो प्रस्ताव अध्ययन गर्न स्थायी कमिटीका सदस्यहरूलाई बाँडिएको छ । नेकपाले शुक्रबार बस्ने गरी स्थायी कमिटीको बैठक बोलाएको छ । असार १० देखि बसेको बैठक बीचमा ओलीको राजीनामा मागिएपछि साउन १३ यता अवरुद्ध भएको थियो । १३ साउनमा ओली पक्षले रोक्ने र दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राख्ने क्रम चलेपछि विवादले उग्र रूप लिएको थियो ।

ओली र दाहालले आफ्नो कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने गरी स्थायी कमिटीमा साझा प्रस्ताव प्रस्तुत गर्न लागेका हुन् । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनकै जगमा टेकेर उनीहरूले साझा प्रस्ताव तयार पारेको देखिएको छ, जसमा यो प्रतिनिधिसभाको कार्यकालसम्मै ओलीले सरकारको नेतृत्व गर्ने उल्लेख छ । दाहालले भने कार्यकारी अधिकारसहित पार्टीका बैठक सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने प्रस्तावमा उल्लेख छ ।

ओली र दाहालको ‘गोप्य प्रस्ताव’ बुधबारै सञ्चार माध्यमहरूमार्फत सार्वजनिक भएको छ । कार्यदलले तयार पारेको प्रतिवेद नै हुबहु साझा प्रस्तावमा समेटिएको छ । दुई अध्यक्षको कार्यविभाजनमा कार्यदलले ‘मूलतः पार्टी र सरकारको काममा केन्द्रित हुने’ उल्लेख गरेकामा अध्यक्षद्वयले भने ‘मूलतः’ शब्द झिकिदिएका छन् ।

पार्टीभित्र संस्थागत प्रणाली र वैधानिक व्यवस्थालाई चुनौती दिने प्रवृत्ति झागिँदै जाँदा पद्धतिहीनता, गुटबन्दी, अराजकता र अनुशासनहीनता फैलँदै गएको प्रस्तावमा उल्लेख छ । विभिन्न सन्दर्भमा नेृतत्व तहबाट पनि गम्भीर प्रकारका गल्ती, कमजोरी हुन पुगेको समेत त्यसमा उल्लेख गरिएको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

यस्तो छ स्थायी कमिटीका सदस्यलाई अध्यक्षद्वयले बाँडेको प्रस्ताव–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर