newskoseli.Com

बाह्रबिसेमा संहारकारी पहिरो : १८ घर पुरिए, १६ जना बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा शनिबार मध्यराति पहिरो जाँदा कम्तिमा १८ घर पुरिएका छन् भने १६ जना बेपत्ता भएका छन् ।

हिरोले भीरखर्क, नागपुजे र किम्बे गाउँमा ठूलो क्षति पुर्‍याएको छ । खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । राति करिव २ देखि ३ बजेतिर गएको पहिरोले बाह्रबिसे नगरपालिका– ७, घुम्थाङको नागपुजे, भीरखर्कलगायतका स्थानका १६ जना बेपत्ता भएको र एक जनाको शव फेला परेको स्थानीयवासीले बताएका छन् ।

पहिरो प्रभावितलाई भेट्न सोही क्षेत्रका संघीय सांसद समेत रहेका सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । टाङ्सार भन्ने ठाउँमा केही घर पुरिएको र तीनजना घाइते भएका छन् । सभामुख सापकोटा आइतबार बिहानै स्थलमार्गबाट बाह्रबिसे प्रस्थान गरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर