newskoseli.Com

प्रधानमन्त्रीद्वारा भूकम्पमा दिवङ्गत भएकालाई श्रद्धाञ्जलि

ut jif{ a};fv !@ ut]sf lbg uPsf] lagf;sf/L e”sDkdf d[To’ ePsf g]kfnLx?sf] cfTdfsf] lr/ zflGtsf] nflu g]kfn ;/sf/4f/f w/x/f kl/;/df cfof]hLt sfo{qmddf eUgfj;]ifsf] ?kdf /x]sf] w/x/fsf] km]bdf k’ik u’R5f ck{0f ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M k|bLk/fh jGt,/f;;

गत वर्ष वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरुप्रति आज राष्ट्रले श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प गएको एक वर्ष पूरा भएको सम्झनामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरे ।

प्रधानमन्त्री ओलीले आज बिहान सुन्धारास्थित धरहरा पुगी दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेर धरहराको फेदमा दिवङ्गतलाई सम्झेर पुष्पगुच्छा अर्पण गरे ।

सो अवसरमा उपप्रधानमन्त्री, गृहमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र विभिन्न सङघसंस्थाका पदाधिकारी र पर्यटन व्यवसायीले पनि भूकम्पमा परी मृत्यवरण गर्नु भएका नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भयो । यसअघि पर्यटन व्यवसायी ¥यालीसहित श्रद्धाञ्जलिस्थल पुगेका थिए ।

आजकै दिन गत वर्ष ११ बजेर ५६ मिनेट जाँदा ७।६ रेक्टर स्केलको भूकम्प र पराकम्प गरी करिब नौ हजार नेपालीको ज्यान गएको थियो । त्यसैलाई सम्झेर सरकारले सम्पूण दिगङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जति सभाको आयोजना गरेको हो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर