newskoseli.Com

राजधानीमा १७०२ सहित थप ३०९३ मा कोरोना : ७६५ को मृत्यु, १३९१२९ संक्रमित, ९६६०९ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ । यीमध्ये ७ सय ६५ जनाको मृत्यु भैसकेको छ भने ९६ हजार ६ सय ९ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र ४१ हजार ७ सय ५५ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार ४ सय ३१, ललितपुरमा १ सय २३ र भक्तपुरमा १ सय ४८ गरी राजधानी उपत्यकामा १ हजार ७ सय २ सहित देशभर ३ हजार ९३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गर्दा यो संख्याका संक्रमितको पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा २ हजार १ सय ८ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये १३ हजार ५ सय ५९ जना संस्थागत आइसोलेसमा र २८ हजार १ सय ९६ जना होम आइसोलेसनमा छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर