newskoseli.Com

महामारीबीच कक्षा १२ को परीक्षा : यस्तो छ सरकारको तयारी

चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षितरूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकाले परीक्षालाई सङ्क्रमणका हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औंल्याइएको हो ।

गत वैशाखमा हुने गरी तय भएको परीक्षा कार्यतालिका कोरोनाभाइरस सङ्क्रमणका कारण सरकारले स्थगन गरेको थियो । स्थगित उक्त परीक्षा मङ्सिर ९ देखि सञ्चालन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

एक बेन्च, एक विद्यार्थी

राजधानीको पद्मोदय माध्यमिक विद्यालयले एक जना विद्यार्थीलाई एक बेन्चमा राख्ने गरी कक्षा १२ को परीक्षा लिने आन्तरिक तयारी गरेको छ । विद्यार्थीका बीचमा भौतिक दूरी कायम गराउन एक जना परीक्षार्थीलाई एउटा बेन्चमा राख्ने गरी परीक्षा लिइने सो विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतमले जानकारी दिए ।

यस्तो छ बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षालाई विगतको भन्दा भिन्न तरिकाले सञ्चालन गर्न खोजेको छ । यस पटक विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर दिइएको छ । यसो गरिँदा विद्यार्थीले डेरा लिएर बस्नु नपर्ने, धेरै टाढा जानु नपर्ने र परीक्षार्थीका बीचमा धेरै जमघट समेत हुनु नपर्ने भएकाले परीक्षालाई स्वास्थ्यका हिसाबले पनि सुरक्षित बनाउन सकिने बताइएको छ ।

४० नम्बरको लिखित परीक्षाका लागि यस पटक विद्यार्थीहरू बढीमा डेढ घन्टा मात्रै परीक्षा हलमा रहने खबर शेषकान्त पण्डितको बाइलाइनमा शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर