newskoseli.Com

झन् उत्कर्षमा नेकपा विवाद : प्रचण्डले बोलाए सचिवालयको बैठक, अर्का अध्यक्ष ओली नजाने

फाइल तस्बिर

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार दिउँसो ३ बजे सचिलयको बैठक बोलाएका छन् ।

राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको जानकारी सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् । अध्यक्ष प्रचण्डले बिहीबार मात्रै पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेर बैठक बोलाउनेबारे अर्का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीसँग आग्रह गरेका थिए । तर, कुनै हालतमा पनि बैठक राख्न ओली सहमत नभएपछि अरु नेताहरुसँगको सल्लाह र परामर्शका आधारमा प्रचण्डले बैठक बोलाएका हुन् ।

यो बैठकमा ओली र उनी पक्षधर केही नेताहरु सहभागी नहुने जानकारी बालुवाटार स्रोतले दिएको छ । शीर्ष तहमा उत्पन्न तीव्र विावादका बीच बस्ने बैठकपछि राष्ट्रिय राजनीतिले बेग्लै मोड लिने सर्वत्र आँकलन गरिएको छ । यसअघि बुधबारै ओली पक्षले ‘मदन भण्डारी फाउन्डेसन’ को आवरणमा पार्टीका समानान्तर गतिविधि अघि बढाइसकेको छ ।

अपडेट (भिडियो):

ओली पक्षका ४ जनाबाहेक (प्रचण्ड–नेपाल पक्षका ५ जना) सचिवालय सदस्यहरू अनौपचारिक बैठकमा बसे । बैठकमा के–के छलफल भयो र के निष्कर्ष निकालियो भन्नेबारे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई दिएको जानकारी, हेर्नोस् भिडियोमा ।

यो पनि पढ्नुहोस्–
ओली–पोखरेलले अघि बढाए ‘बेग्लै पार्टी’ !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर