सत्ताधारी नेकपाको बहुप्रचारित सचिवालय बैठक शुक्रबार ४ बजे सुरू भई मंसिर ३ गते बस्ने गरी सकिएको छ । शुक्रबारको बैठकले आगामी बैठकमा छलफल गरिने कार्यसूची (एजेन्डा) तय गरेको छ ।
शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा देखा परेको हालको संकटबारे राजनीतिक प्रतिवेदन वितरण गरे । प्रचण्डको सो प्रतिवेदन, बैठकमा बस्न सहमत हुन माग गर्दै केही दिनअघि अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीलाई बुझाइएको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रत्युत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्रका प्रतिहरू अध्ययनका निम्ति सबै नेताहरुलाई बाँडियो ।
थप यी सामग्री पनि पढ्नुहोस्–
सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह