newskoseli.Com

यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह

तस्बिरः अध्यक्ष प्रचण्डकाे सचिवालय ।

तीव्र अन्तर्कलहका बीच सत्ताधारी नेकपाको केन्द्रीय सचिवलायको बैठक सुरू भएकाे छ । शुक्रबार (२८कात्तिकमा) सुरू भएकाे सचिवालय बैठक एजेन्डा तय गरेर मंसिर ३ सम्मका लागि स्थिगत भएकाे छ । पूवर्प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचाण्ड’ सहितको बहुमत पक्ष र प्रधानमन्त्री एवं अर्का अध्यक्ष खड्ग ओली नेतृत्वको अल्पमत पक्षबीचका बीच अन्तर्कलह उत्कर्षमा पुगेकै बेला बस्न लागेको बैठकबाट के निश्कर्ष निस्केला र कसो होला भन्नेमा धेरैको ध्यान खिँचिएको छ ।

बैठकको मिति ताेकिनुअधि बुधबार साँझ प्रचण्ड निवास खुमलटारमा प्रचण्ड पक्षका केही युवानेताहरूसँग अध्यक्ष प्रचण्डले सांकेतिकरूपमा वर्तमान सन्दर्भलाई प्रष्ट्याउने प्रयास गरे । सो जमघटमा प्रचण्डले बोलेका निम्न कुराहरुले नेकपाभित्रको अबको विकासक्रमका सम्बन्धमा धेरै कुरा स्पष्ट पारेको छ ।

त्यहाँ के–के भने त प्रचण्डले ?

– ओलीजीको अतिवाद र एकता विरुद्धका गतिविधिलाई रोक्न अब पार्टीभित्र विधि, प्रक्रिया र एकतालाई जोगाउन चाहनेहरु एक ठाउँमा उभिएर लड्ने हो । अब यो प्रयास रोकिँदैन, ठीक ठाउँमा नपुग्दासम्म यो यात्रा रोकिँदैन ।

– अहिलेको लडाइँ पूर्वमाओवादी र पूर्वएमालेबीचको होइन; विचार, आचरण र शैलीको लडाइँ हो । विधि, प्रक्रिया मान्नेहरु जुन घटकबाट आएका भए पनि एक ठाउँमा हुन्छौं । माओवादीको मात्रै पनि ध्रुवीकरण हुँदैन र एमाले मात्रैको पनि हुँदैन । हिजोको एकताको जुन भोल्युम हो, पहिचान हो, अब त्यो जस्ताको तस्तै रहँदैन, अहिलेको संघर्ष त्यसमा मात्र आधारित होइन, त्योभन्दा माथि उठेर अघि बढेको हो ।

– सकेसम्म ओलीलाई पार्टी फुटाउन नदिने र रोक्ने हाम्रो प्रयास हुन्छ । तर, सकिएन भने पनि दुई वटा पार्टीजसरी दुई फ्याक भएर फुट्दैन, तीव्र ध्रुवीकरण हुन्छ । पार्टी अब नयाँ ध्रुवीकरण, नयाँ एकता र नयाँ सहकार्यमा उठेको छ ।

– नेकपाको उद्देश्य समाजवादी बाटोमा जाने हो । पार्टी एकता गर्दा नेकपारुपी जेट समाजवादतिरको यात्रामा जान्छ भनेका थियौं तर पार्टीले समाजवादतर्फ उडान भरिरहेको छैन । समाजवाद भनेर यो त हुल्लडबाजीतिर अगाडि बढिरहेको छ, त्यसैले समाजवादको भ्रम दिएर अन्तै यात्रा मोड्ने पाइलटलाई हटाइन्छ । त्यसपछि समाजवादतिरै यात्रा गर्ने यात्री र पाइलट तयार पार्ने हो ।

– मेरो उदारतालाई उहाँ (खड्ग ओली) ले कमजोरी ठान्नुभयो । पार्टी एकताको सहमतिअनुरुप दुईवटै अध्यक्षको समान हैसियत हुन्छ भनिए तापनि मैले उहाँलाई एक नम्बर अध्यक्ष मानिदिएँ, त्यहाँ मेरो कमजोरी भयो । पार्टीको बैठक संयुक्तरुपमा आलोपालो गर्ने भनिएको थियो, त्यो पनि मैले छाडिदिएँ ।

– आलोपालो सरकार चलाउने भन्ने सहमतिबाट पनि देशको स्थिरताका लागि भनेर म पछि हटें । एकता बचाउन खोज्दा र सहज बनाइदिँदा पनि आफ्नै ढंगबाट षडयन्त्र, जालझेल, धोकाधडी र बेइमानी गर्ने काम भयो । समग्र राजनीतिक, वैचारिकरुपमै बेइमानी गर्ने यो प्रवृत्ति कुनै पनि मूल्यमा कम्युनिस्ट आचरण–शैलीअनुसार छैन, यो सत्य र असत्यको लडाइँजस्तो हो ।

– यति गरेर उहाँ (ओली) लाई सहयोग गर्दा पनि एकलौटीरुपमा, अरु नेतालाई गालीगलौज गर्दै पार्टीलाई एउटा कोठाभित्र चलाउन खोज्नुभयो । यसले नेकपाको भविष्य संकटमा परेको छ, यसलाई करेक्सन गराउने प्रयासले नै बैठक बोलाइएको हो ।

– विगतमा सम्झौताको कार्यान्वयनभन्दा धोकाधडी र बेइमानी भएको हुनाले अब उहाँ (ओली) का लागि अरु विकल्प बाँकी छैनन् ।

थप यो पनि पढ्नुहोस्–
सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सकियो नेकपाको सचिवालय बैठक : अर्काे बैठक मंसिर ३ मा, के–के भयाे अहिले ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर