newskoseli.Com

प्रचण्डसँग पनि राष्ट्रपतिको भेटवार्ता : के पाक्दैछ खिचडी ?

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवी भण्डारीको फाइल तस्बिर ।

बिहीबार बिहान प्रधानमन्त्री खड्ग ओलीसँग भेटघाट र छलफल गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अपराह्न सत्ताधारी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग  भेटवार्ता गरेकी छन् । नेकपाको शीर्ष तहमा चरम विवाद चलिरहेको र प्रधानमन्त्री एवं अध्यक्ष ओलीका दुवै पद धरापमा परिरहेका बेला श्रृंखलाबद्धरूपले दुवै अध्यक्षसँग भएको राष्ट्रपतिको भेटवार्तालाई अर्थपूर्णरूपमा हेरिएको छ ।

यसअघि पनि पटक–पटक नेकपा विभाजनको डिलमा पुगेका बेला राष्ट्रपति भण्डारीले पार्टीभित्रको विवादमा चासो देखाउँदै र नेताहरूलाई ‘सुझाव’ दिँदै आएकी छन् । राष्ट्रपति भण्डारीले नेताहरुलाई बोलाएर पार्टी एकता जोगाउन पटक–पटक आग्रह गरिसकेकी छन् ।

नेकपाभित्रको यस पटकको विवाद विगतमा भन्दा निकै पेचिलो बनिरहेका बेला केही अघि वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ लगायतसँग भेटवार्ता गर्दै अध्यक्ष ओलीलाई सघाउन ‘सुझाव’ दिएकी थिइन् । बिहीबारको पछिल्लो भेटमा पनि अध्यक्ष प्रचण्डसँग पार्टीमा चर्केको विवादबारे राष्ट्रपति भण्डारीले चासो राखेको स्रोतले जनाएको छ ।

याे पनि पढ्नुहाेस्–
किन सल्बलाए ‘राजावादी’ ? सरकारको यसमा के छ भूमिका ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर