newskoseli.Com

भ्रष्टाचार के हो ? कसरी पार्ने निर्मूल ?

डिसेम्बर ९ अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस हो । संसरभर भैरहेको भ्रष्टाचारको भयावह स्वरुपको बोध गराउँदै र विरोधका निम्ति संयुक्त राष्ट्रसंघको महासभाले तय गरेको विशेष अर्थ र महत्त्वको दिन हो भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस ।

सर्वप्रथम त भ्रष्टाचार के हो भनेर चिन्नु जरुरी छ । कुनै चिज के हो, कस्तो हो, किन हो र कसरी हो भन्ने कुरा बझेर या त्यसको अर्थ र परिभाषा ठम्याई परीक्षण समेत गरेर स्पष्टरुपमा चिनिसकेपछि मात्र त्यसबारे के–कस्तो धारणा बनाउने र त्यसप्रति के–कस्तो व्यवहार गर्ने, किन गर्ने भन्ने निष्कर्षमा पुग्न सकिन्छ । यो नै सचेत मानिसले अवलम्बन गर्ने सही विचार, बाटो, विधि र व्यवहार हो ।

  • भ्रष्टाचार भ्रष्ट चिन्तनको परिणाम हो ।
  • भ्रष्टाचार भ्रष्ट व्यवहार, आचरण र क्रियाकलापको फल हो ।
  • भ्रष्टाचार गलत व्यवस्था, विधि–विधान, नीति–नियमको नियति हो ।
  • भ्रस्टाचार नीच नेता र स्वार्थी शासकहरुको कुविचार, कुनियत र कुकार्यजन्य शासन–प्रशासनको उपज हो ।
  • भ्रष्टाचार जनता र जनतन्त्रविरोधी, राष्ट्र र राष्ट्रियताविरोधी, विकास र समृद्धिविरोधी गतिविधि हो ।
  • भ्रष्टाचार सर्वाधिक संदिग्ध सोच, शैली, संस्कार र संस्कृतिको सिर्जन हो ।
  • भ्रष्टाचार अनैतिक, अनियमित, अवाञ्छित, असभ्य, अपारदर्शी र असह्य अपराध हो ।
  • भ्रष्टाचार महाकुकृत्य हो, महाअपराध हो र महा ‘पाप’ हो ।

तसर्थ, यो अनिवार्यतः नीच, तुच्छ र निन्दनीय मात्र होइन, त्याज्य र दण्डनीय समेत छ । अब प्रश्न छ, यसलाई कसरी निगरानी, निरुपण, नियन्त्रण, निवारण र निर्मूलन गर्न सकिन्छ त ?

  • सदविचार र सदआचार, सही सिद्धान्त र सही व्यवहार, सादा शैली र सरल संस्कार तथा सर्वोच्च सभ्यता र समृद्ध संस्कृति अवलम्बन र अनुशीलन गरेर ।
  •  नैसर्गिक नीति, नियम, न्याय, नैतिकता र निर्देशनको प्राप्ति र पालना गरेर ।
  • शास्त्र र सिद्धान्तहरुको अध्ययन, समाज र संस्कारको अनुगमन, साहित्य र संस्कृतिको अनुसन्धान तथा सभ्यता तथा स्वच्छताको अवलम्बन गरेर ।
  • उन्नत समाज, उत्कृष्ट संस्कार, उत्तम सभ्यता र उपयुक्त सिस्टमको स्थापना, परिपालना र विकास–विस्तारमा जोड दिने शिक्षा–दीक्षा, शासन–प्रशासन, नीति–नियम, ऐन–कानुन, विधि–विधान, संहिता–संविधान, आचार–संस्कार र पद्धति–प्रणालीको अनुकरण, अनुशरण र अनुशासन अवलम्बन गरे–गराएर ।
  • निष्ठा–आस्था, लक्ष–उद्देश्य, ध्येय–आदर्श, नीति–नैतिकताजस्ता अमूल्य मूल्य–मान्यता र विचार–सिद्धान्तको अवलम्बन, संरक्षण र सम्बर्द्धनको औचित्य, महत्त्व र आवश्यकताबोध गरे–गराएर ।
  • सुशिक्षा र श्लील साहित्य र सही सिद्धान्त, स्वच्छ राजनीतिको माध्यमबाट सुन्दर समाज र सर्वोत्कृष्ट संस्कृति स्थापना गर्नका लागि दुःख–कष्ट, त्याग, तपस्या र बलिदानका कीर्तिमानहरु कायम गरेर ।
  • समाजमा भ्रष्टलाई ‘बाईबाई’ र स्वच्छलाई ‘हाईहाई’ गर्ने संस्कार बसाएर ।
  • समाजिक योद्धा–अभियन्ता, राजनीतिक नेता–कार्यकर्ता र राज्यका शासक–प्रशासक आदि सार्वजनिक जीवनका व्यक्तित्व–नेतृत्वहरुले आफ्ना चिन्तन र चरित्रमा रुपान्तरण र पुनर्संस्कार गरेर जीवन–व्यवहारमै सरलता, स्वच्छता, सदाचारिता, पारदर्शिता अवलम्बन गरेर ।
  • समाज र राज्यले भ्रष्टाचारप्रति शून्य सहनशीलता र भ्रष्टाचारीमाथि निर्मममतापूर्वक कारबाहीको नीति लागू गरेर ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर