newskoseli.Com

‘विद्या–ओलीको प्रतिगामी कदम’ : मोहन वैद्यले जनाए आपत्ति

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्या भण्डारीको कदमप्रति आपत्ति जनाएको छ ।

‘सत्ता र सुविधाको लुछाचुँडीका निम्ति सत्ताधारी नेकपामा सुरु भएको अन्तर्कलह र कचिङ्गल २०७७ मङ्सिर ५ बिहानको मन्त्रीमण्डलको बैठकसम्म आइपुग्दा संसद विघटनको सिफारिस गर्ने हदसम्म विकास हुन पुगेको छ,’ आइतबार अपराह्न सो पार्टीका महासचिव किरणद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ– ‘प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको उक्त सिफारिसलाई राष्ट्रपति भण्डारीले अनुमोदन गरी आगामी २०७८ वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको तिथिमिति समेत घोषणा गरेकी छन्, यो प्रतिगामी कदम हो ।’

‘देशको विद्यमान राजनीतिक सङ्कट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम हो,’ महासचिव किरणले अगाडि भनेका छन्– ‘संसदीय व्यवस्थाकै कारण पैदा भएको वर्तमान सङ्कटको समाधान साम्राज्यवादी तथा विस्तारवादी चलखेलमा गरिने अर्को संसदीय निर्वाचनले गर्न सक्दैन, यस सङ्कटको एक मात्र समाधान सङ्घीय जनगणतान्त्रिक सत्ता, व्यवस्था र सरकारको स्थापना हो, यसलाई आम जनताले मनन गर्नु जरुरी छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर