newskoseli.Com

ओलीले बनाए ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का निवर्तमान अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले सो पार्टी विभाजनको पहिलो सन्देश प्रवाह गर्ने गरी आफ्नो गुटको बैठकमार्फत एकलौटी ढंगले महाधिवेशन आयोजक समिति गठन गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको गुटको बैठकबाट ओलीले बेग्लै राजनीतिक यात्रा तय गरेका हुन् ।

आइतबार असंवैधानिक ढंगबाट मन्त्रिपरिषदमार्फत संसद विघटनको सिफारिस गरी राष्ट्रपतिमार्फत संसद भंग गराएर वैशाख १७ र २७ मा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन घोषणा गराएका ओलीमाथि सोही दिन बसेको नेकपाको स्थायी कमिटीको बैठकले कारबाही गरिसकेको छ । ओली अध्यक्षमा बहाल नरहेको जानकारी नेकपाले सोमबारै निर्वाचन आयोगलाई समेत गराइसकेको छ ।

हाल कायम नेकपाको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ४४१ सदस्य बहाल छन् । तीमध्ये पुगनपुग १०० जनाको उपस्थितिमा ओलीले पार्टीमा हाल रहेका कसैमाथि कारबाही नगर्ने बताए । उनले अहिले कायम पूरै केन्द्रीय कमिटीको संख्या समावेश गरी तत्काल ५५६ जना थपेर बाँकी सदस्य पछि थप्ने गरी ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको बालुवाटार स्रोतले जनाएको छ ।

‘हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं र कसैलाई कारबाही पनि गर्दैनौं,’ बैठकलाई सम्बोधन गर्दै ओलीले भने– ‘पार्टी एकता अझ सुदृढ बनाएर लान्छौं र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरेर बिदा लिन्छौं ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर