newskoseli.Com

ओली–विद्याको कदमविरूद्ध प्रचण्ड–नेपालले घोषणा गरे आन्दोलन (कार्यक्रम र भिडियोसहित)

प्रधानमन्त्री खड्ग ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले हालै गरेको ‘संसद् विघटन’ का विरुद्ध नेकपाको बहुमत (प्रचण्ड–माधव नेपाल) पक्षले संघर्षका कार्यक्रम घोषणा गरेको छ । बिहीबार सम्पन्न पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले राजनीतिक, संगठनात्मक र संघर्षसम्बन्धी विवभिन्न निर्णय गरेको हो ।

पहिलो चरणमा शुक्रबारदेखि २५ पुससम्मका आन्दोलनका कार्यक्रम घोषणा गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए । आन्दोलनको प्रभावकारी संयोजनका लागि प्रवक्ता श्रेष्ठको नेतृत्वमा संघर्ष समिति गठन भएको जानकारी दिँदै संघर्षलाई देशव्यापीरूपमा सशक्त पार्ने निर्णय भएको उनले जानकारी दिए ।

पुस १० मा बिहान १० बजे केन्द्रीय कमिटीका सबै सदस्य र सांसद् माइतीघर मण्डलामा उपस्थित भई प्रदर्शन गर्ने, त्यसपछि सो टोली निर्वाचन आयोगमा जाने र २ बजे अध्यक्षद्वय प्रचण्ड र नेपालले पत्रकार सम्मेलन गर्ने भएका छन् । ११ गते सातै प्रदेशका कमिटीको बैठक गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने उनीहरुको योजना छ ।

पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन गरिने भएको छ भने राजधानीमा निरन्तररुपले थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ । पुस २० गतेसम्म सबै नगर, गाउँपालिकामा पार्टीका बैठक र भेला हुनेछन् भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला सम्पन्न हुनेछन् ।

दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने बताइएको छ । स्थायी कमिटीले दोस्रो चरणका संघर्षको ठोस कार्यक्रम तय गर्ने केन्द्रीय समितिको निर्णय छ ।

संविधान र गणतन्त्रका विरुद्धको कडीका रुपमा संसद विघटन भएकाले त्यसको प्रतिकार गर्दै संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलगायका उपलव्धि जोगाउन जस्तोसुकै आन्दोलनका लागि पनि तयार रहुनपर्ने बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले बताएको प्रवक्ता श्रेष्ठले जनाए ।

भिडियोमा हेर्नोस् बैठकका निर्णयबारे विस्तृत जानकारी–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर