newskoseli.Com

खर्चको अभावमा ३ वर्षदेखि बिरामी युवक ओछ्यानमै : सहृदयीहरूसँग सहयोगको अपिल

तीन वर्ष अगाडि लडेर टाउकाको नशा च्यापिई बिरामी भएका युवकको उपचारमा समस्या भएको छ । स्थानीय र जिल्लास्थित स्वास्थ्य केन्द्रमा उपचार गर्दा निको नभएका उनलाई थप उपचारका निम्ति जिल्लाबाहिर लगिए पनि उपचार खर्चको अभावमा समस्या भएको हो ।

आर्थिक अवस्था कमजोर भएपछि चङ्खेली गाउँपालिका– २ का नगेन्द्र सुनारको उपचार गर्न समस्या भएको उनका बुबा पौमल सुनारले जानकारी दिए । सुनारलाई सुरुमा गरिएको घरेलु उपचार गरिएको र निको नभएपछि जिल्ला अस्पतालमा भर्ना गरी उपचार गर्दा पनि सञ्चो भएन । थप उपचारका लागि काठमाडौं लगिए पनि उपचार खर्चको अभावकै कारण समस्या भएको छ ।

आफूसँग भएको जग्गा बिक्री गरेर चिकित्सकको सुझावअनुसार उपचारका निम्ति लगिए पनि रकम सकिएकाले उपचारमा समस्या भएको हो । उनलाई तीन महिना अगाडि काठमाडौं लगिए पनि हालसम्म उपचार सफल हुन सकेको छैन । खर्चको अभावकै कारण बिरामी छोरालाई अस्पतालमा भर्ना नगरी एउटा कोठामा राखिएको पौमलले बताए ।

सहृदयी व्यक्तिहरू वा सरकारी निकायबाट आर्थिक सहयोग प्राप्त भए छोरालाई बचाउने चाहना रहेको उनले सुनाए । आफूलाई आर्थिक सहयोग गरेर छोरालाई उपचारबाट बचाइदिन उनले आग्रह गरेका छन् । बिरामी सुनारलाई सहयोग गर्न चाहने व्यक्तिले मोबाइल नं.: ९८४५४४२९३३ मा सम्पर्क गर्न सक्ने परिवारजनले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर