newskoseli.Com

‘मेरो टाउको चिलाएको हो कि के हो, लाठी खान मन छ’ : प्रचण्डको उत्तेजक भाषण (भिडियोसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार राजधानीमा केही वर्षयताकै सबैभन्दा कडा भाषण गरेका छन् । पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन भएको अभिव्यक्ति दिए ।

कामचलाउ सरकारका प्रधानमन्त्री खड्ग ओली र उनी पक्षका मानिसहरुले ‘सेटिङ भइसकेको छ, सबैतिर हाम्रै पक्षले जित्छ’ भन्दै हिँडेकाले अब गर्जिनुपर्ने बेला आएको प्रचण्डले बताए । ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो, आक्रामक हुनुपर्‍यो, बाघ–सिंह गर्जिएजस्तो गर्जिनुपर्‍यो ताकि प्रतिक्रान्तिकारीहरुको मुटु हल्लियोस्’ युवा–विद्यार्थीहरूलाई निर्देशन दिँदै उनले भने– ‘अब शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन ।’

‘आन्दोलनकारीको रक्षाका लागि म आफ्नो टाउको फुटाउन तयार छु,’ संसद विघटनविरुद्ध व्यापक जनमत रहेकाले आन्दोलनको स्वीच दबाउने काम युवा विद्यार्थीहरुले गर्नुपर्ने भन्दै आफूसहितका नेताहरु आन्दोलनको अग्रपंक्तिमा रहने उल्लेख गरेका प्रचण्डले भने– ‘टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ । प्रतिगमनलाई कुनै हालतमा सफल हुन दिइने छैन, नेपाललाई प्रतिगमनतिर लगेर फइदा उठाउने कुनै शक्तिले सोचेको छ भने त्योे भ्रम हो ।’

भिडियोमा हेर्नोस् प्रचण्डको ‘कडा’ भाषण–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर