newskoseli.Com

प्रचण्ड–माधवले ओलीलाई पठाए तीनदिने म्यादसहित स्पष्टीकरण माग (पत्रसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निवर्तमान अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री खड्ग ओलीलाई स्पष्टीकरण सोध्दै पत्र थमाएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालद्वारा हस्ताक्षरित पत्रमा ओलीलाई पत्र हात परेको वा निवासमा टाँस भएको तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए थप कारबाही गरी पार्टी सदस्यताबाट समेत हटाउन सक्ने चेतावनी दिइएको छ ।

‘पार्टीको सिद्धान्त, विचार, नीति, विधि, हितविपरीत र पार्टीविरोधी गतिविधि गरिरहनुभएकाले तपाईंलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन किन नगर्ने ?’ सुरेन्द्र पाण्डेसहितका नेताहरु सोमबार बालुवाटार पुगेर ओलीलाई बुझाएको स्पष्टीकरण माग गरिएको पत्रमा सोधिएको छ– ‘यो पत्र प्राप्त गरेको वा तपाईंको निवासमा टाँस गरिएको मितिले तीन दिनभित्र स्पष्टीकरण दिनुहोला । यदि तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिएमा तपाईंलाई थप कारबाही गरिने व्यहोरा पनि सूचित गरिन्छ ।’

यस्तो छ प्रचण्ड–माधवले ओलीलाई पठाएको पत्र–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर