newskoseli.Com

नेकपाले ओलीलाई निष्काशन गर्ने : पेरिसडाँडामा स्थायी कमिटी बैठक

प्रधानमन्त्री ओलीको फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । बैठकले सो पार्टीका पूर्वअध्यक्ष, कामचलाउ सरकारका प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष खड्गप्रसाद ओलीलाई पार्टीको साधारण सदस्यताबाट समेत निष्काशित गरेर पार्टीबाट हटाउने तयारी गरेको छ ।

संविधानविपरीत प्रतिनिधिसभा ‘विघटन’ गरेर मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने हर्कत गरिरहेका ओलीको बदमासीविरुद्ध शुक्रबार राजधानीमा आयोजित शक्ति प्रदर्शनको समीक्षा, संघर्षका आगामी थप कार्यक्रमको तर्जुमा आदि एजेन्डामाथि समेत आइतबारको बैठकमा छलफल हुने बताइएको छ ।

बैठक दिउँसो १२ बजे कोटेश्वरस्थित पेरिसडाँडामा रहेको केन्द्रीय कार्यलयमा बस्ने जानकारी सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् । यसअघिको स्थायी कमिटी बैठकले गरेको निर्णयअनुरुप ओलीलाई सोधिएको तीनदिने स्पष्टीकरणको जवाफ नदिएकाले ओलीलाई पार्टीबाटै निष्काशन गर्ने तयारी भैसकेको एक नेताले बताएका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर