newskoseli.Com

बृहत् नागरिक आन्दोलनमाथि सरकारको व्यापक हस्तक्षेप

बृहत् नागरिक आन्दोलनद्वारा सोमबार आयोजित ‘बालुवाटार मार्च’ मा व्यापक प्रहरी परिचालन गरेर सरकारले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री खड्ग ओलीको असंवैधानिक सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको विवेकहीन प्रतिनिधिसभा ‘विघटन’ गर्ने कार्यप्रति विरोध जनाउँदै आयोजित बृहत् नागरिक मार्चमा सरकारले हस्तक्षेप गरेको हो ।

कमलपोखरीको माटो लगाएर सुरु भएको र्‍याली हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ अघि बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । झडपमा परी वरिष्ठ पत्रकार नारायण वाग्लेसहित दर्जनौ प्रदर्शनकारीहरु घाइते भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर