newskoseli.Com

‘एउटा सूर्य दुइटालाई कसरी दिनु’ : ‘निकम्मा’ निर्वाचन आयोगलाई देउवाले दिए ‘आइडिया’ !

विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संस्थापन पक्ष र टुक्रिएको ओली समूहबीच पार्टीको आधिकारिकता र चुनाव चिह्न सूर्यबारे निर्वाचन आयोगमा चलिरहेको विवादबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कडा, भिन्न र रमाइलो टिप्पणी गरेका छन् ।

दुवै पक्षले सूर्य चिह्न आफैंले पाउनुपर्ने दाबी गरिरहेको र निर्वाचन आयोग ‘निकम्मा’ बनेर कामचलाउ सरकारसँग डराउँदै किंकर्तव्यविमूढ बनिरहेका बेला सोमबार भैरहवामा आयोजित सभामा बोल्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन् ।

‘नेकपाभित्र चुनाव चिह्नमा झगडा छ, निर्वाचन आयोगले किन चुनाव चिह्न दिइरहेको छैन ?’ देउवाले भने– ‘ओलीले पाउने भए ओलीलाई दिए भैगो, प्रचण्डले पाउने भए प्रचण्डलाई भइहाल्यो ।’ दुई समूहमध्ये कसैले पनि सूर्य चिह्न नपाउने भए यसबारे आयोगले समयमै छिनोफानो गरिदिनुपर्ने देउवाको भनाइ छ । सूर्य एउटै भएकाले दुई समूहमा विभाजित नेकपामध्ये दुवैलाई दिन नसकिने भएकाले आयोगले सूर्यबाहेक अरू नै चिह्न दिएर विवाद समाधान गर्न सक्ने देउवाले बताए ।

‘सूर्य चिह्न कसलाई दिने भन्ने निर्णय समेत अहिलेसम्म गर्न नसक्ने ?’ निर्वाचन आयोगप्रति प्रश्न गर्दै देउवाले भने– ‘सबैभन्दा बेस त चुनाव चिह्न अरू नै दिए भइहाल्यो, सूर्य एउटै छ, दुइटा पार्टीलाई एउटा चिह्न कसरी दिने ?’ सूर्य चिन्ह एउटा र नेकपा दुइटा भएकाले बाँड्न नमिल्ने उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर