newskoseli.Com

‘तपाईं–हामी मिलेर सरकार बनाऊँ’ : प्रचण्ड–नेपालको प्रस्तावमा ‘मधेसवादी’ का यस्ता सर्त…

प्रतिनिधसभा ‘विघटन’ गर्ने खड्ग ओलीको बहुलट्ठीपूर्ण हर्कतलाई सर्वोच्च अदालतले ११ फागुनमा खारेज गरिदिएपछि उनलाई हटाएर नयाँ सरकार बनाउन नेकपाले गम्भीर पहल अगाडि बढाएको छ । यसै सिलसिलामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बिहीबार बिहान पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा ‘मधेशवादी’ नेताहरूसँग सघन छलफल गरे ।

नेकपा अध्यक्षद्वयसँगको छलफलमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समितिका सदस्य राजेन्द्र श्रेष्ठ सहभागी भए । दुई पक्षबीचको छलफल सकारात्मक भएको भन्दै अहिल्यै कुनै कुरा नटुंगिएको र छलफललाई थप निरन्तरता दिइने सहमति भएको दुवै पक्षले जनाएका छन् ।

नेकपा स्रोतले न्युजकोसेलीलाई दिएको जानकारीअनुसार छलफलका क्रममा जसपाका नेताहरुले सरकारमा सहभागी हुनका निम्ति केही सर्त अगाडि सारेका छन् । संविधान संशोधन गर्ने प्रतिबद्धता र रेशम चौधरीलगायतका नेता–कार्यकर्ताको रिहाइ भएपछि मात्र सरकारमा सहभागी हुनेबारे ठोस छलफल गर्न सकिने जसपाका नेताहरुले बताए । सहकार्यका नाममा विगतमा पनि आफूहरुसँग ‘उधारो सहमति’ गरिएको र सरकारमा सहभागी भैसकेपछि ती सम्झौताहरु कुनै पनि कार्यान्वयन नभएको गुनासो उनीहरुले गरे ।

दुई पक्षबीचको छलफलमा नेकपा अध्यक्षद्वयले भने मधेशका माग पूरा गर्न आफूहरु पहिल्यैदेखि सकारात्मक रहेको बताए । आफूहरुले त्यस कामको प्रयास विगतमा पनि गरेको उल्लेख गर्दै आगामी दिनमा पनि छलफल गरेर अगाडि बढ्न सकिने प्रचण्ड–नेपालले उल्लेख गरेको स्रोतको भनाइ छ ।

नेकपाको प्रस्ताव आफ्नो पार्टीको बैठकमा राखेर छलफल गर्ने आफूहले बताएको जानकारी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले दिए । ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो, सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरु राख्नुभयो,’ उनले भने– ‘हामीले जिज्ञासा राख्यौं– ‘तपाईंहरुको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो, त्यो के हो ? अलमलमा परियो, त्यो प्रस्ट हुनोस् पनि भन्यौं र तपाईंहरुले राखेका सबै कुराहरु हाम्रो पार्टीको बैठकमा राख्छौं भन्यौं ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर