newskoseli.Com

अन्ततः विप्लवसँग हारे खड्ग ओली : दुवै पक्षका वार्ताटोली बने, ‘प्रतिबन्ध’ तत्काल हटाइँदै (भिडियोसहित)

संविधान, ऐन–कानुन र लोकतान्त्रिक गणतन्त्रका आधारभूत मान्यता समेत कुल्चँदै आफ्नो पार्टीमा समेत कुनै सरसल्लाह नगरीकन दुई वर्षअघि बहुलट्ठीपूर्ण तरिकाले आफैंले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग खड्ग ओली नेतृत्वको सरकार नराम्ररी पराजित भएको छ ।

सरकारी पक्षले मंगलबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ताटोली घोषणा गरेको छ । सरकारी टोलीको घोषणालगत्तै मंगलबारै नेपाल कम्युनिस्ट पार्टीले पनि केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को संयोजकत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ सदस्य रहेको वार्ताटोली सार्वजनिक गरेको छ ।

तथाकथित प्रतिबन्ध तत्काल हटाउँदै अनि अनावश्यक रुपले देशभर राज्यआतंक मच्चाएर पक्राउ गरिएका र झुट्टा मुद्धा लगाएर बन्दी बनाइएका नेकपाका हजारौं नेता–कार्यकर्ता रिहा गर्दै वार्तामा बस्न बाध्य हुनुले ओली सरकार विप्लवसँग पराजित भएको पुष्टि भएको हो । नेकपामाथि ‘प्रतिबन्ध’ लगाउँदा विप्लव नेकपालाई ‘लुटेरा समूह’ भन्दै बल प्रयोगबाटै केही महिनाभित्रमा निमिट्यान्न पार्ने ध्वाँस दिएका खड्ग ओली अन्ततः उसैसँग झुकेर वार्ताको टेबुलमा बस्न बाध्य भएका छन् । र, कथित प्रतिबन्ध गलत भएको स्वीकार्न पुगेका छन् ।

ओली सरकारमा गृहमन्त्रीको ‘जागिर’ जोगाउनकै लागि उनै विप्लव र नेकपाविरुद्ध ज्यादै अनर्गल, अशोभनीय, अराजनीतिक, क्षुद्र र असभ्य भाषा बोल्दै आएका पूर्वमाओवादी नेता थापालाई नै ओलीले वार्ताको जिम्मेवारी दिएका छन् । विप्लव नेकपासँग हुने भनिएको वार्ताको चर्चा अनि ओली र थापाहरुको तमासालाई राजनीति बुझ्नेहरुले मनोरञ्जनपूर्वक हेरिरहेका छन् ।

खासमा के हो विप्लवको राजनीति ? हेर्नोस् यो भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर