newskoseli.Com

नेकपाको आधिकारिकता विवाद : सर्वोच्च र आयोग दुवैतिर एकै दिन प्रक्रिया

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादले अब भने बिस्तारै निकास दिने देखिएको छ । उक्त पार्टीको नामबारे ऋषि कट्टेलले हालेको मुद्धाको फैसला सर्वोच्च अदालतले आइतबार सुनाउँदैछ । त्यस्तै, प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको बहुमत पक्ष र खड्ग ओली नेतृत्वको करिव एक चौथाई हिस्साबीच कसले आधिकारिकता पाउने भन्नेबारे निर्वाचन आयोगमा विचाराधीन मुद्धाबारे पनि आयोगको बैठकले आइतबारै छलफल गर्दैछ ।

पार्टीको आधिकारिकता विवाद छिटो टुङ्ग्याउन प्रचण्ड–माधव पक्षले पटक–पटक आग्रह गरे पनि आयोगले अझैसम्म पनि केही निर्णय गर्न सकेको छैन । प्रचण्ड–माधव पक्षले शुक्रबार आयोगलाई फेरि ५ पेजको ध्यानाकर्षण पत्र बुझाउँदै निर्णयका लागि ताकेता गरेको थियो । सो पत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार पदाधिकारीको बैठक बसेर त्यसबारे छलफल गर्ने वचन दिएका थिए ।

आयोग स्रोतका अनुसार नेकपा विवाद निरुपणबारे आइतबार छलफल भए पनि तत्कालै टुङ्गो नै लाग्ने सम्भावना निकै कम छ । नेकपा विवाद निरुपणबारे आयोगका पदाधिकारीको बैठक बसेर आइतबार छलफल हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । ‘विवाद निरुपणबारे आइतबार पनि छलफल हुन्छ, समय भने यकिन भैसकेको छैन,’ प्रवक्ता श्रेष्ठले भनेका छन्– ‘छलफल आज मात्रै हुने होइन, पहिले पनि भइरहेको छ ।’

स्रोतका अनुसार आइतबारको बैठकले प्रचण्ड–माधव पक्षको दावीको फोटोकपी संलग्न गरेर आफ्नो दावी, जिकिर र प्रमाण पठाउन ओली पक्षलाई १५ दिनको म्यादसहित पत्र पठाउने या प्रचण्ड–माधव पक्षको १९ पाने दावी नै अस्वीकृत गर्ने भन्नेबारे चाहिँ आयोगले आइतबार नै टुंगो लगाउँदै छ । यदि ओली पक्षलाई त्यसखाले पत्र लेखिए अबको २५ दिनपछि मात्र नेकपाको आधिकारिकता विवादले निकास पाउने छ । आयोगले प्रचण्ड–नेपाल पक्षको जिकिर नै अस्वीकार गरेमा भने सो मुद्धा सर्वोच्च अदालतमा पुग्ने छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर