newskoseli.Com

प्रचण्ड–ओली दुवैले ‘नेकपा (नेकपा)’ नाम नपाउने : ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम आफूले पाउनुपर्ने भन्दै निर्वाचन आयोगमा लफडा गरिरहेका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल तथा प्रधानमन्त्री खड्ग ओली दुवै पक्षले सो नाम राख्न नपाउने भएका छन् ।

आफूले पहिल्यैदेखि ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम राखेर निर्वाचन आयोगमा समेत दर्ता गरिसकेको पार्टी छँदाछँदै ठ्याक्कै सोही नाम जुधाएर ओली र प्रचण्डले राख्दा अन्याय भएको भन्दै सर्वोच्चमा मुद्धा हालेका नेकपाका अध्यक्ष ऋषि कट्टेलको पक्षमा आइतबार सर्वोच्च अदालतले फैसला गरेसँगै प्रचण्ड–ओली दुवै खेमाबाट उक्त नाम खोसिएको छ ।

‘ठूलो पार्टी’ र सत्ताको आडमा नाम जुधाएर राखेका ओली–प्रचण्डको बलमिच्याइँलाई साथ दिँदै निर्वाचन आयोगले गरेको उक्त गलत निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

न्युजकोसेलीको भिडियो च्यानल पनि हेर्नोस्–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर