newskoseli.Com

‘प्रधानमन्त्री ओली दलाल र मोहराका रुपमा परिचालित’ : प्रचण्डको अर्को ‘हमला’

फाइल तस्बिर

प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्गप्रसाद ओलीलाई केही दिन अघि मात्रै ‘२५औं वर्षदेखि विदेशीद्वारा पालित–पोषित र परिचालित’ भएको आरोप लगाएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार फेरि अर्को कठोर हमला बोलेका छन् । पछिल्लो पटक प्रचण्डले ‘प्रधानमन्त्री ओली दलाल र मोहराका रुपमा परिचालित भएको’ जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओली परिवर्तन नचाहने शक्तिहरूको ‘दलाल’ र ‘मोहरा’ बनेको आरोप प्रचण्डले लगाएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई धुलिखेलमा सम्बोधन गर्दै २०६२/०६३ पछिको परिवर्तनलाई नरुचाएको शक्तिले ओलीलाई प्रयोग गरेको प्रचण्डले बताए ।

विस्तृत शान्ति सम्झौता र शान्ति प्रक्रियादेखि नै एउटा वर्गले यथास्थितिवादकै पक्षमा चलखेल गर्दै आएको जिकिर गर्दै संविधानसभाको निर्वाचन हुन नदिन, संविधानसभाबाट संविधान जारी हुन नदिन र कम्युनिस्ट पार्टीहरूबीच एकता हुन नदिन त्यो वर्गका प्रतिनिधिले अनेक प्रयास गर्दै आएको प्रचण्डले बताए ।

‘संविधान जारी भयो, चुनाव भयो, झण्डै दुईतिहाइ बहुमत पनि ल्याइयो,’ प्रचण्डले भने– ‘जो पहिलेदेखि नै षडयन्त्रमा थिए, हाम्रै पार्टीभित्रका साथीलाई दलाल बनाउन सफल भए; जसलाई पार्टीको अर्को अध्यक्ष बनाइएको थियो, तिनै अध्यक्षलाई एउटा दलालका रुपमा, मोहराको रुपमा प्रयोग गर्न त्यो वर्ग, त्यो तप्का र त्यो शक्तिले सफलता प्राप्त गर्‍यो ।’ त्यसैको परिणामस्वरुप संसद ‘विघटन’ गर्ने, संविधान क्षतविक्षत बनाउने र लोकतन्त्र मास्ने प्रयास भइरहेको प्रचण्डले उल्लेख गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर