newskoseli.Com

पत्रकार महासंघका कुन–कुन पदमा को–को उम्मेदवार ? (नामावलीसहित)

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका निम्ति शनिबार उम्मेदवारी दर्ता भएको छ । २५ चैतमा हुने निर्वाचनका निम्ति केन्द्रीय अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेलले उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष पदका निम्ति ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालको उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षतर्फ दाना सुवेदी र बाला अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । समावेशीतर्फको उपाध्यक्ष पदका लागि अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा र शीतलप्रसाद महतोले उम्मेदवारी दिएका छन् ।

महासचिव पदका लागि बालकृष्ण बस्नेत, राजेश मिश्र, रोसन पुरी र सुवोध गौतमको उम्मेदवारी परेको छ । उम्मेदवारको प्रकाशित नामावलीउपर दावी विरोधको समय चैत १७ गते दिउँसो १ बजेसम्मका लागि तोकिएको निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारहरूको पूर्ण सूची यसप्रकार छ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर