newskoseli.Com

माधव नेपाल र भीम रावलमाथि ओलीको ‘एक्सन’ : दुवै नेता पार्टीबाट ‘निलम्बित’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीले सो पार्टीका पूर्वपार्टी प्रमुख, पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपाल तथा पूर्वमन्त्री, सांसद एवं सो पार्टीका उपाध्यक्ष भीमबहादुर रावलमाथि कडा ‘एक्सन’ लिएका छन् ।

वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ओलीले सोमबार ‘कारबाही’ गरेका हुन् । ओलीले दुवै नेतालाई सोमबार पत्र पठाउँदै छ महिनाका लागि पार्टी सदस्यताबाटै निलम्बन गरिएको जानकारी दिएका छन् ।

यसअघि एमालेको ओली समूहले एकलौटी ढंगबाट पार्टीमा कब्जा जमाउँदै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावलसहित उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई ‘पार्टी विधानविपरीत गतिविधि गरेको’ आरोप लगाएर ‘स्पष्टीकरण’ मागेको थियो । सो ‘स्पष्टीकरण’ को ‘चित्तबुझ्दो जवाफ नदिएको’ भन्दै अध्यक्ष ओलीले दुई शीर्ष नेतामाथि सोमबार ‘कारबाही’ गरेका हुन् ।

नेपाल र रावलले भने ‘स्पष्टीकरण’ को ‘जवाफ’ दिने क्रममा ओलीमाथि नै प्रतिप्रश्न गर्दै अध्यक्ष स्वयं पार्टीका विधि, विधान र संविधानको खिलाफमा गएकाले उनी नै कारबाहीको भागीदार किन नबन्ने भनी प्रश्न गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर