
सत्ताधारी नेकपा (एमाले) को ओली समूहले फागुन २८ तथा चैत ७ मा राखेको ‘एकलौटी’ केन्द्रीय कमिटीका बैठकले गरेका ‘निर्णय’ अन्तर्पार्टी निर्देशन– ९ (अपानि) मार्फत हालै सार्वजनिक गरेको छ ।
उक्त समूहको आन्तरिक सर्कुलरमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, उपस्थित नयाँ चुनौतीहरु र अभिभाराका बीचमा सम्पन्न ती बैठकहरूले पार्टीजीवनमा दूरगामी महत्त्व राख्ने निर्णयहरू लिइएको दावी गरिएएको छ ।