पृथ्वीनारायण शाहका दिव्योपदेश
‘मेरा साना दुषले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो । सबैलाई चेतान भया ! यो फूलबारी छोटा बडा चारै वर्न र छत्तिसै जातले यसलाई सम्हार गर्नू ।’
‘अन्याय मुलुकमा हुन नदिनू । निञानिसाप बिगान्र्या भन्याको घुस दिन्या र घुस षान्या हुन् । ईन दुईको ता धन जीव गरि लियाको पनि पाप छैन, ई राजाका महासतुर हुन् ।’
‘षानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जग्गामा सारिकन पनि षानि चलाउनू । गह्रो बन्या जग्गामा घर भया पनि अरु जग्गामा सारी कुलो काटी षेत बनाइ आवाद गर्नू ।’
‘यो राजे दुई ढुंगाको तरुलजस्तो रहेछ । चीन बादशाहसित ठूलो घाहा राखनू । दषिनको समुद्रका बादशाहसित घाहा त राषनू । तर, त्यो महाचतुर छ, जाई कट्क नगनूँ । झिकी कटक गर्नू ।’
‘आफ्ना देशको जिनीस् जरिबुटि देस लैजानू र नगद षैचनू । नगद षैचि राषनू र प्रजा मोटा भया दर्बार बलियो रहन्छ । राजाका भन्डार भन्याका रैतानहरु हुन् ।
‘आफ्ना स्वष–सयेललाई ता शास्त्रबमोजिमको तिनै सहर नेपालको नेवारहरुको नाच झिकाइ हेर्यो भने पनि हुन्छ । ईनमा ता दियाको पनि आफ्नै देसमा रहँन्छ । यस्व भया आफ्नु देस गमन रहन्छ ।’