newskoseli.Com

पद खुस्केपछि प्रचण्डसँग प्रभुको बिलौना !

खड्ग ओली सरकारका सहरी विकासमन्त्री एवं ओली समूहका नेता प्रभु साहले प्रचण्डमाथि कडा आक्रोश पोख्दै बिलाैना गरेका छन् । माओवादीका तर्फबाट सांसद जितेका र माओवादीकै तर्फबाट पटक–पटक मन्त्री बनेका साह पछिल्लो समय माओवादी केन्द्र त्यागेर एमालेको ओली समूहमा प्रवेश गरेका थिए । पार्टी परित्याग गर्ने प्रतिनिधिसभाका चार सदस्यको पार्टी सदस्यता खारेज गर्दै सांसद पदबाट समेत हटाउन माओवादी केन्द्रले मंगलबार पत्राचार गरेपछि साह तिल्मिलाएका हुन् ।

मन्त्री साहले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्– ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो । आफू चुनाव जित्नलाई नेकपा एमालेसंग एकता–सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख़्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दलत्यागको कानुनी डण्डा चलाउन कुनै नैतिकताले सुहाउँदैन ।’

ओली समूहका नेता साहले अगाडि लेखेका छन्– ‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन । अर्थात्, रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक–कानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुस्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो ।’

यस्तो छ प्रभुको ‘स्ट्याटस’–

#निर्वाचित_सांसदलाई_पदमुक्त_गर्ने_प्रचण्डको_कदम_निरंकुशताको_पराकाष्ठा

जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त…

Posted by Prabhu Sah on Tuesday, April 6, 2021

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर