newskoseli.Com

सत्तामा टिक्ने ओलीको अर्को यस्तो चालबाजी

आफू सत्तामा टिक्नकै लागि मात्र नेकपा (एमाले) पार्टी मात्र नभई देश र जनतालाई नै दाउमा राखेका प्रधानमन्त्री खड्ग ओलीले कुनै पनि बेला अर्को कुटिल चाल चल्ने संकेतहरु देखिइरहेका छन् ।

सत्तामा टिक्नकै लागि उनले फेरि अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई कार्डका रुपमा फालेका छन् । अमेरिकाले सामरिक स्वार्थका लागि सैन्य रणनीतिका साथ अगाडि सारेको एमसीसीप्रति ओलीको अस्वाभाविक आशक्ति सत्ता जोगाउने अर्को नयाँ चालबाजीबाहेक केही पनि नभएको रुपमा सर्वत्र लिइएको छ ।

एमसीसीको एजेन्डामा नेपाली कांग्रेसलाई आफूतिर नजिक्याएर आफूविरुद्ध बन्दै गरेको नयाँ सत्ता समीकरणबाट शेरबहादुर देउवालाई पछि हटाउने अवस्था सिर्जना गर्न ओलीले एमसीसी कार्ड फालेको स्पष्टै देखिइरहेको छ । यसै मेसोबीच संघीय संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने र माओवादी केन्द्रले दिँदै आएको समर्थन फिर्ता लिने अन्तिम तयारी भएको सुइँको पाएलगत्तै सोमबार ओलीले अकस्मात संसदको अधिवेशन नै अन्त्य गरिदिएको खबर मंगलबारको दृष्टि साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर