newskoseli.Com

यसकारण खारेज गर्नैपर्छ कथित एमसीसी

नेपाल र नेपालीका शासनसत्ता संचालनाङ्गहरु- सरकार, सदन, शक्ति, संघसंस्था र संगठनका सिनियरहरु हो सोंच्नोस्, सचेत हुनोस् र संवेदनशील हुनोस् ! गम्भीर, होशियार र जिम्मेवार बन्नुहोस् !! कतैबाट कसैद्वारा कागले कान लग्यो भन्ने हल्ला गर्दैमा आफ्नो कान नसमातेर कागका पछि नहुर्रिऔं ! अन्यथा पछि परिणाममा पूरै पछुताउनु पर्ने छ !
यथार्थमा यहाँहरुले अहिले पारित गर्ने प्रयास-दुस्प्रयास गरिरहनु भएको अमेरिकी अर्धसरकारी व्यापारिक कम्पनी MCC संगको सम्झौता सार र समग्रमा यस्तो पो छ है :

१. यसको प्रायोजकका नीति, नेता, नियत र नियती नै बेठिक छन् !

२. वैचारिक, राजनीतिक, संवैधानिक, कूटनीतिक, आर्थिक, सामरिक र ऐतिहासिक आदि धेरै दृष्टिले बेठिक छ !

३. यो अनुदान हो कि, रीण हो कि, लगानी हो कि, साझेदारी हो कि, बन्धकी हो कि आफैमा अस्पष्ट, गाँजेमाजे र विवादास्पद छ ।

४. हाम्रो राष्ट्रिय अस्तित्व, स्वत्व, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र स्वाभिमानका साथै शान्ती र समृद्धिलाई समेत कोल्याप्स पार्ने दुर्भावनायुक्त नै छ ।

५. यसको परिकल्पना, प्रस्थापना, प्रावधान, प्रयोग र परिणाम पनि पृय, पाच्य, परोपकारी, परम्परागत र परिवर्तनीय पनि छँदैछैन ।

६. यो शोषक, उत्पीडक, शासक र घातक आयोजना हो !

७. यो नेपाल र नेपालीको मात्र होइन विश्वक्रान्ति, विश्वशान्तिघाती, विश्वमुक्ति र विश्वप्रगतिघातीका साथै सोझै हाम्रो मित्रराष्ट्रघाती समेत छ ।

८. यो ips को अङ्ग हो, सैनिक गठबन्धन हो, २१औं शताब्दीको नयाँ रुपरङ्ग र भावभङ्गिमामा आएको NATO हो, अमेरिकी सैनिक योजनाको पूर्वाधार हो, यो इष्ट इन्डिया कम्पनी पनि हो र सीधै BRI विरुद्ध समेत घोषित रुपमै परिलक्षित छ ।

९. यो झुट, कूट, फुट, लुट र भुटको लक्ष-उद्देश्यकेन्दृत छ !

१०. यो हेपाहा-मिचाहा, हुकुम-हैकमवादी, हस्तक्षेपकारी र हैरान-परेसानकारी छ ।

११. यो तपाइँ शासकहरुभन्दा माथी, हामी जनताभन्दा माथी, संविधानभन्दा माथि र तपाईं-हाम्रो सोंच, शक्ति, बुद्धि र कल्पना भन्दा माथी र विपरीत समेत छ !

१२. यसै भएर त यस्लाई मात्रै सदनबाटै पासै गर्नै पर्ने, out dated भैसक्दा पनि यो कथित सहयोग दिनै-लिनै पर्ने, लिनेलाईभन्दा दिनेलाई हतारो र चटारो हुने, पारित भएपछी कार्यान्वयन हुनुपर्नेमा पारित नहुँदै कार्यान्वयन गर्नु-गराउनुपर्ने भनिएको छ ।

१३. त्यसैले स्पष्ट होऔं कि यो MCC संगको नेपालले गरेको भनिएको सम्झौता अश्वाभाविक, असंवैधानिक, आश्चर्यजनक, रहस्यमय, षड्यन्त्रपूर्ण र अमृतको लेपन लगाइएको बीष भरिएको भष्मासुरे चरम राष्ट्रघाती आयोजना नै हो !

१४. ल भन्नुहोस् त, यस्तो सर्वघाती MCC परियोजना किन स्वीकार गर्ने र किन खारेज नगर्ने ? के बौलाहा कुकुरले टोकेको हो र ? होइन भने त यो MCC सम्झौता संशोधन, सम्बोधन, संकल्प र स्वीकार होइन कि अविलम्ब खारेज नै गरिनुपर्छ !

यदि यो वास्तविकता बुझ्न र साहस गर्न हाम्रो शासनसत्ता संचालनाङ्गहरु- सरकार, सदन, शक्ति, संघसंस्था र संगठनका सिनियर र सदस्यहरुले नसक्ने अर्थात् आफ्नो बुद्धि, विवेक र बलबुताको प्रयोग गर्नेतर्फ केही नसोंच्ने र नगर्ने तर खाली दलाली, चाकरी, चाप्लुसी र हजुरी गरेर हसुरी मात्रै रहने हो भने हामी सार्वभौम र शक्तिशाली समुदाय र समाजले सचेत, संवेदनशील, सुसंगठित, एकताबद्ध, गम्भीर र जिम्मेवार भएर सोंच्ने, घोंच्ने, झोंस्ने र ठोस्ने गरेर खारेज नै गर्नु-गराउनुको विकल्प छैन ! चेतना र साहस भया !

लेखक एमसीसी खारेज अभियान, नेपालका संयोजक हुन्

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर