newskoseli.Com

‘एमाले फुट्नै लाग्यो’ भन्दै खनाल–नेपाल पक्षका १५ नेताको अपिल (पूर्णपाठसहित)

विभाजनको डिलमा पुगेको सत्ताधारी एमालेका अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार साँझ दुई घन्टा लामो छलफल गरेपछि ‘एकता जोगिन्छ कि’ भन्ने आशा सो पार्टीका अधिकांश नेता–कार्यकर्तामा पलाएको थियो । तर, अध्यक्ष ओलीका व्यवहार र शैलीका कारण एमाले विभाजनको सम्भावना बढेर गएको भन्दै बिहीबार खनाल–नेपाल पक्षका १५ शीर्ष नेताहरूले अपिल जारी गरेका छन् ।

‘केपी ओलीले जुन दिशामा लैजाँदै हुनुहुन्छ, त्यो पार्टीको विभाजन र विघटनको दिशा र अन्ततः कम्युनिस्ट आन्दोलनकै विसर्जनको दिशा हो । यसरी पार्टी अध्यक्षका गलत वैचारिक तथा सैद्धान्तिक दिशा र उहाँको व्यक्तिवादी अहंकारका विरुद्ध उभिनु र त्यसको सामना गर्नु र पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनु हरेक पार्टी सदस्य, शुभचिन्तक र समर्थकको ऐतिहासिक कर्तव्य हुन गएको छ,’ अपिलमा लेखिएको छ– ‘हामीले चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पार्टीको एकता र कम्युुनिस्ट आन्दोलनको रक्षाका लागि संगठित अभियान सुरु गरेका छौँ । पार्टी अध्यक्षसँग अनेकौं विषयमा हाम्रा असहमति छन् र हामीसँग उहाँका पनि अनेक असहमति हुन सक्छन्; जसका बारेमा पार्टी केन्द्रीय कमिटीको विधिवत बैठकबाट समाधान गर्न सकिन्छ । त्यसका लागि २०७५ जेठ २ गतेको विन्दुबाट पार्टीजीवन आरम्भ गर्नुपर्छ भन्ने हाम्रो माग हो, दाबी हो ।’

यस्तो छ अपिलको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर