newskoseli.Com

वैशाख १६ देखि उपत्यकाभर साताव्यापी निषेधाज्ञा : के–के गर्न पाइने, के–के नपाइने ? (विज्ञप्तिसहित)

कोरोनाभाइरस संक्रमणको दोस्रो लहर उत्कर्षमा पुग्दै गर्दा स्थानीय प्रशासनले राजधानी उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषण गरेको छ । निषेधाज्ञाबीच अत्यावश्यक बाहेकका सेवा, कामकाज र यातायात बन्द गरिने भएको छ ।

सोमबार साँझ काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले आदेश जारी गरी निषेधाज्ञा घोषणा गरेका हुन् । आदेशअनुसार वैशाख १६ देखि साताभर खाद्य सामग्री, औषधी तथा स्वास्थ्य सामग्रीका बाहेक सबै पसल बन्द हुनेछन् । उपत्यकामा सबै प्रकारका सभा–सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना समेत बन्द गरिएको छ ।

आदेशअनुसार खाद्य सामग्रीको पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछन् । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष भने बिहान १० देखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछन् ।

यस्तो छ प्रमुख जिल्ला अधिकारीको आदेशको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर