newskoseli.Com

वामदेव पनि झलनाथ–माधवतिरै : एक्लियो ओली समूह

सत्तासिन एमालेभित्र अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली नेतृत्वको समूह एक्लिएको छ । सोमबार बिहानको ‘निर्णायक’ छलफलपछि सो पार्टीका उपाध्यक्ष वामदेग गौतमले समेत वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल पक्षसँगै लाग्ने घोषणा गरेपछि ओली समूह एक्लिएको हो ।

ओली–गौतमबीचको छलफलपछि गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्– नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ–

१. अध्यक्ष कमरेडसँगको कुराकानीबारे

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’ यसको प्रतिउत्तरमा उपाध्यक्ष वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।

२. क. माधव नेपालहरुका सन्दर्भमा

वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर