newskoseli.Com

एमाले ‘एकता कार्यदल’ ले लियो यस्ता निर्णय (प्रेसनाेटसहित)

विभाजनको डिलमा पुगिसकेर पनि फेरि एकताको बाटोतर्फ लम्किएको सत्ताधारी एमालेको एकतालाई मूर्तरूप लिन गठन गरिएको १० सदस्यीय कार्यदलको पहिलो बैठकले तीनबुँदे निर्णय लिएको छ ।

अध्यक्ष खड्ग ओली पक्षबाट सुवासचन्द्र नेम्बाङको नेतृत्वमा विष्णु पौडेल, प्रदिप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेको कार्यदलको मंगलबार बसेको पहिलो बैठकमा कार्यव्यस्ताको कारण दर्शाउँदै पौडेल र पोखरेल भने उपस्थित भएनन् । बैठकले आफ्नो कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार पारी लागू गर्ने निर्णय गरेको उपाध्यक्ष भीम रावलले बताए ।

‘पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावका लागि आग्रह गरेको छ,’ बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराउँदै रावलले भने– ‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्तर्विरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरिएको छ ।’

यस्तो छ कार्यदलको प्रेसनाेट–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर