newskoseli.Com

बादलको लज्जास्पद हार, डा. खिमलालको शानदार जित !

दसौं हजार सहिदहरूको रगत बगाउने काममा अगुवाई गरेर त्यो महाअभियानप्रति बीचैमा पिठ्युँ फर्काउँदै अन्ततः मुलुककै सर्वाधिक प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी डफ्फाका रूपमा बदनाम खड्ग ओली समूहमा पलायन भएका पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ को राजनीतिक जीवन समाप्त हुन पुगेको छ ।

बिहीबार सर्वोच्च अदालतले गैरसांसद व्यक्ति दोहोर्याएर मन्त्री बन्नु गैरसंवैधानिक एवं कानुनविपरीत हुने निर्णय सुनाउँदै पदमुक्त गरिदिएको केही घन्टापछि बिहीबारै भएको संघीय संसदअन्तर्गतको राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेशमा भएको उपचुनावमा समेत बादलले लज्जास्पद पराजय व्यहोरेका छन् । एमालेभित्रको तुलनात्मकरूपले उदार झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको साझा उम्मेदवारका रूपमा स्वतन्त्र चुनाव चिह्न लिएर मैदानमा होमिएका डा. खिमलाल देवकोटाले उपचुनावमा शानदार जित हासिल गरेका छन् ।

बिहीबारका यी दुर्य घटनासँगै घोर अवसरवादमा पतन भएका बादलको राजनीतिक जीवन लगभग समाप्त हुन पुगेको छ । र, उपचुनावको यो नतिजासँगै पार्टी एकताका नाममा खनाल–नेपाल पक्षलाई अल्मल्याएर बादललाई जिताउने अनि आफूले संसदबाट तेस्रो प्रधानन्त्रीका रूपमा विश्वासको मत हासिल गरिसकेपछि फेरि लात हान्ने खड्ग ओलीको जालझेलपूर्ण तिक्डमबाजीले समेत हाव खाएको छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक–समावेशिताका खुंखार विरोधी एवं यी सबै उपलब्धि खारेज गराउन क्रियाशील खड्ग ओली समूहका उम्मेदवारका लज्जास्पद पराजय र संघीयताविद्, शालीन र विद्वान् देवकोटाको विजयले मुलुक जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरूको रक्षामा एक स्टेप सफल भएको सर्वत्र अनुभूति गरिएको छ । पूरै राज्यशक्ति र राज्यस्रोतको दोहन गर्दै र आचारसंहिता, ऐन–कानुन र संविधान समेतको धज्जी उडाउँदै गरिएको बलमिच्याइँका बाबजुद बादलको हारले लोकतन्त्र, विधि र पद्धतिका पक्षधरहरुलाई उत्साहित तुल्याएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर