newskoseli.Com

विद्या–ओलीको अर्को ‘मिलेमतो’ : शुक्रबार साँझसम्म अर्काे सरकार गठनको दावी गर्न राष्ट्रपतिको आह्वान (विज्ञप्तिसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीको फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्ग ओलीबीच अस्वाभाविक र लज्जास्पद मिलेमतोको अर्को घटना घटेको छ । यी दुवैको आश्चर्यजनक मिलेमतोमा बिहीबार साँझ अकस्मात ‘शुक्रबार साँझ ५ बजेसम्म नयाँ सरकार गठनको दावी प्रस्तुत गर्न’ राष्ट्रपति भण्डारीले आह्वान गरेकी छन् ।

३१ वैशाखमा संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिन पहल गर्ने चर्चा चलिरहेकै बेला अकस्मात निकै छोटो ‘म्याद’ दिएर उपधारा ५ बमोजिम सरकार गठनको दावी पेस गर्न राष्ट्रपति भण्डारीले आह्वान गरेकी हुन् । जे–जसरी भए पनि संवैधानिक प्रावधानहरू पूरा गराएको देखाउँदै संसद् विघटन गरी देशलाई मध्यावधि निर्वाचनको दुष्चक्रमा फसाउन प्रयासरत ओलीसँगको मिलेमतोमा भण्डारीले यस्तो कदम चालेकी हुन् ।

बिहीबार बसेको मन्त्रीपरिषदको बैठकमा ‘प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने बरू वैकल्पिक सरकार गठनका लागि बाटो खुला गर्ने’ निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले ‘वैकल्पिक सरकार गठनका लागि’ आह्वान गरेकी हुन् । जबकि भर्खरै नियुक्त अल्पमतका प्रधानमन्त्री खड्ग ओलीले विश्वासको मत लिने प्रयास गरेका छैनन् र पदबाट राजीनामा दिएर मार्गप्रशस्त समेत गरेका छैनन् । बहालवाला प्रधानमन्त्रीले राजीनामा नै नदिई २० घन्टाभित्र नयाँ प्रधानमन्त्रीको आधारसहित दावी गर्न आऊ भनेर राष्ट्रपतिले जारी गरेको उर्दी संविधान, कानुन, प्रचलन र नजिरभन्दा बिल्कुलै विपरीत छ ।

यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर