newskoseli.Com

विद्या–ओलीको बलमिच्याइँविरुद्ध ५ दलका १४९ सांसद सर्वोच्च जाँदै

विपक्षी गठबन्धनको स्पष्ट र प्रमाणित बहुमत हुँदाहुँदै जबर्जस्ती संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका राष्ट्रपति र प्रधानमन्त्रीको बलमिच्याइँपूर्ण हर्कतविरूद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय लिएका विपक्षी पाँच दलका १४९ सांसदले सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

एमाले अध्यक्ष खड्ग ओलीको विकल्पमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका १४९ सांसदसहित शीर्ष नेताहरु संसद पुनर्स्थापनाको मागसहित ‘न्याय माग्न’ सर्वोच्च जाने भएका हुन् । राजधानीको बानेश्वरमा शनिबार बसेको ५ दलको बैठकले सर्वोच्च जाने निर्णय गरेको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षडयन्त्रपूर्वक संसद विघटन गरेकाले सबै किसिमबाट यसको प्रतिवाद गरिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकपछि बताए । सर्वोच्च जाने प्रयोजनकै निम्ति पाँचै विपक्षी दलले आफ्ना सांसदहरुलाई आइतबार दिउँसो १ बजे नागरिकतासहित संसद भवनमा बोलाएका छन् । सम्भवतः आइतबार नै र त्यस दिन प्राविधिक तयारीका कारणा सम्भव नभए सोमवारसम्म सर्वोच्च अदालत जाने उनीहरूको तयारी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर