newskoseli.Com

‘राष्ट्रपति–प्रधानमन्त्रीले अदालतको मानहानि गरे’ : सर्वोच्चमा अधिवक्ताको बहस

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्ग ओलीले सर्वोच्च अदालतको यसअघिकै फैसलाविपरीत गएर अदालतको मानहानी गरेको जिकिर अधिवक्ता लोकेन्द्र ओलीले गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दायर रिटको पक्षमा बहस गर्दै प्रधानमन्त्री बन्ने र पदमुक्त हुने स्थान संघीय संसदको प्रतिनिधिसभा नै भएको उनले बताए । प्रधानमन्त्री नियुक्त र पदमुक्त प्रतिनिधिसभाबाटै हुने जिकिर गर्दै अधिवक्ता ओलीले भने– ‘यो प्रधानमन्त्री बन्ने र पदमुक्त हुने व्यवस्थाको संघीय संसदको प्रतिनिधिसभा हो, नियुक्ति र पदमुक्त यहीँबाट हुने हो ।’

‘प्रधानमन्त्री ओली विश्वासको मत लिने प्रक्रियामै प्रवेश गर्नुभएन, सर्वोच्चको ११ फागुनको फैसलाको पूर्णपाठ नआउँदै हामी फेरि यस्तो उपद्रो पो गर्नुभयो,’ उनले भने– ‘हामी जनताको दुर्भाग्य हेर्नोस् त, प्रधानमन्त्री संसदमा प्रवेशै गर्नुभएन, राष्ट्रपति र प्रधानमन्त्रीले सर्वोच्च अदालतकै मानहानि गर्नुभएको छ ।’

याे पनि पढ्नुहाेस्–
सर्वोच्चमा सुनुवाइ सुरू : होला त संसद् पुनर्स्थापना र देउवाको नियुक्ति ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर