newskoseli.Com

‘संविधानविपरीतका सरकारी काममा सहयोगी नबन्नू’ : राज्यनिकायलाई ५ दलको आग्रह (संयुक्त विज्ञप्तिसहित)

विपक्षी पाँच दलीय गठनबन्धनले कामचलाउ सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारबाही नगर्न चेतावनी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बिहान बसेको पाँच दलीय गठबन्धनको सो बैठकले संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र नियकाहरुलाई समेत अपिल गरेको छ ।

‘प्रतिनिधिसभाको पुनर्स्थापना र प्रतिनिधिसभाका १४९ सदस्यहरुको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा हामीले विधिवत् दावी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकारबाही नगर्न सरकारलाई चेतावनी दिन चाहन्छौं । सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं’– बैठकपछि जारी संयुक्त वक्तत्वयमा उल्लेख छ ।

अध्यादेशमार्फत सरकारले जारी गरेको बजेटप्रति पनि विपक्षी गठबन्धनले विरोध जनाएको छ । संसदमा पेस हुनुपर्ने किसिमको बजेट अध्यादेशमार्फत ल्याएर सरकारले अवैधानिक काम गरेको विपक्षी गठबन्धनको ठहर छ । वक्तत्वयमा भनिएको छ– ‘देश कोरोना महमारीबाट आक्रान्त भइरहेको कठिन स्थितको दुरुपयोग गरी प्रधानमन्त्री केपी ओलीद्वारा संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को गरी भइरहेको छ । सरकारको संरक्षणमा भ्रष्टचार र कमिसनखोरी बढ्दो छ ।’

यस्तो छ संयुक्त वक्तव्यको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर