newskoseli.Com

ठाकुर, महतो, कर्ण र शुक्ल जसपाबाट निष्काशित : निर्वाचन आयोगमै पुग्यो जानकारी

जनता समाजवादी पार्टी (जसपा) ले सो पार्टीका दुईमध्येका एक अध्यक्ष महन्थ ठाकुरसहितका चार नेतालाई पार्टीबाट निष्कासित गरेको छ । सोमबार राजधानीमा बसेको कार्यकारिणी सदस्यहरुको बहुमतको बैठकले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यता नै नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।

‘पार्टीको नीति, विधि, निर्णय र अनुशासनविपरीत गएकाले उहाँहरुलाई पार्टी सदस्यबाटै निष्कासन गरिसकिएको जानकारी निर्वाचन आयोगमा दिएका छौं’– जसपा नेता मोहम्मद इस्तियाक राईको भनाइ छ । एमाले अध्यक्ष खड्ग ओलीलाई धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गर्ने र पार्टीको निर्णय विपरीत ओली सरकारमा सहभागी हुने समेत निर्णयमा पुगेपछि ठाकुरसहितका चार नेतालाई अर्का पार्टी बहुमतको निर्णयअनुसार अध्यक्ष यादवले स्पष्टीकरण सोधेका थिए ।

तीन दिनको म्याद दिएर ११ जेठमा स्पष्टीकरण सोधिएकामा जवाफ नदिई ठाकुर–महतो समूहले उल्टै यादवलाई नै स्पष्टीकरण सोधेको थियो । १५ जेठमा फेरि २४ घन्टा म्याद दिएर यादवले अर्को स्पष्टीकरणपत्र पठाएकामा चार नेताले त्यसको समेत जवाफ नदिएपछि मंगलबार बसेको बहुमत कार्यकारिणी सदस्यहरुको बैठकले उनीहरुलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

पार्टीबाट निष्काशित ठाकुर–महतो समूहले पनि यादव पक्षलाई निष्कासन गर्ने तयारी गरेको छ । ठाकुर–महतो समूहले पनि १५ जेठमै २४ घन्टा म्याद दिएर अध्यक्ष यादवलई स्पष्टीकरणपत्र पठाइसकेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर