
नेकपा (एमाले) का अध्यक्ष अध्यक्ष खड्ग ओलीले ‘नेकपा (एमाले) को एकताका लागि आह्वान’ शीर्षक दिएर आइतबार साँझ सार्वजनिक गरेको दुईपाने अपिललाई ‘झुक्याउने, अल्मलाउने र मिडिया कन्जम्सनका लागि षड्यन्त्र’ मात्रै भएको टिप्पणी गरेकी छन् । आइतबार राति सामजिक सञ्जाल ‘फेसबुक’ मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ‘एकपक्षीय ढंगबाट आएको ओलीको वक्तव्य एकताका लागि जारी नगरिएको’ दाबी झाँक्रीले गरेकी छन् ।
‘यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्षका बीचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यका रूपमा आउँथ्यो,’ उनले लेखेकी छन्– ‘एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन, झुक्याउन, अल्मल्याउन र मिडिया कन्जम्सनका लागि हो भनेर बुझ्नुपर्छ ।’
याे पनि पढ्नुहाेस्–
‘रिटबाट हस्ताक्षर फिर्ता गर, ०७५ जेठ ३ अघिको संगठन’ : पुनर्स्थापनाको मुद्धा ‘तुहाउन’ ओलीको अर्को तुरुप (अपिलको पूर्णपाठ)
ओलीविरुद्ध अदालतमा दिइएको हस्ताक्षर फिर्ता गर्न नसकिने समेत उनले प्रस्ट पारेकी छन् । ‘अझ गम्भीर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ, यो कसले फिर्ता लिने ? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होइन र ?’ उनले अगाडि लेखेकी छन्– ‘लोकतन्त्रको रक्षाका लागि संविधानलाई क्रियाशील गराउन, संसद पुनर्स्थापना गर्न, हामी अदालतको ढोका ढक्ढक्याउन पुगेका थियौं । यसको सुनिश्चिताविना हामीले हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन ।’