newskoseli.Com

‘रिटबाट हस्ताक्षर फिर्ता गर, ०७५ जेठ ३ अघिको संगठन’ : पुनर्स्थापनाको मुद्धा ‘तुहाउन’ ओलीको अर्को तुरुप (अपिलको पूर्णपाठ)

संविधानलाई च्यातचुत पार्दै षड्यन्त्रमूलक ढंगले प्रतिनिधिसभालाई दोस्रो पटक ‘विघटन’ गरेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले त्यसविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्धालाई ‘तुहाउने’ उद्देश्यका साथ आइतबार साँझ फेरि अर्को ‘तुरुप’ फ्याँकेका छन् ।

प्रतिनिधिसभाका बहुमत सदस्यहरुले दायर गरेको रिट निवेदनमा हस्ताक्षर गरेका एमाले सांसदहरुले त्यसबाट हस्ताक्षर फिर्ता लिएमा एमाले–माओवादी केन्द्र ब्युँतदासम्म तत्कालीन नेकपामा केन्द्रीय सदस्य रहेका पूर्वमाओवादीहरु समेत समाविष्ट हुने गरी २०७५ जेठ ३ अघिको संगठनात्मक संरचनामा फर्कन आफू तयार रहेको ओलीले बताएका छन् ।

याे पनि पढ्नुहाेस्–
रामकुमारी झाँक्रीको प्रतिक्रिया : ‘ओलीको आह्वान झुक्याउन, अल्मलाउन र मिडिया कन्जम्सनका लागि मात्रै’

जेठ ३ अघिको संरचनामा फर्केजस्तो पनि हुने र उनको समूहमा लागेका पूर्वमाओवादी पनि संस्थागत नै रहने ओलीको प्रस्ताव खनाल–नेपाल पक्षले उठाउँदै आएको मागसँग खासै मिल्दो देखिँदैन । तर, खनाल–नेपाल पक्षमा गोलबद्ध नेता–कार्यकर्तालाई उद्वेलित र भ्रमित तुल्याउन भने काफी हदसम्म प्रभावकारी हुने देखिन्छ ।

‘नेकपा (एमाले) को एकताका लागि आह्वान’ शीर्षक दिएर ओलीले आइतबार साँझ सार्वजनिक गरेको दुईपाने अपिलको अन्त्यमा छ वटा बुँदा छन् । त्यसैका आधारमा एमाले एकता कायम राख्ने र आफ्नो सत्ता पनि टिकाउने ओलीको प्रयास देखिन्छ ।

यस्तो छ ओलीको अपिल, जस्ताको तस्तै–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर